काठमाडौं । दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधन निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा नयाँ ‘टीभीएस जुपिटर ११०’ स्कुटर सार्वजनिक गरेको छ ।
नयाँ प्रविधि र आधुनिक सुविधाले भरिपूर्ण यो स्कुटरले स्टाइल, माइलेज, प्रदर्शन, आराम, सुरक्षालाई एकसाथ जोड्ने कम्पनीले दाबी गरेको छ ।
यस नयाँ स्कुटरमा १५ वटा ‘फर्स्ट इन क्लास’ र १४ वटा ‘बेष्ट इन क्लास’ विशेषता समावेश छन्, जसले नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकतालाई पूरा गर्ने कम्पनीको विश्वास छ ।
स्कुटरका प्रमुख विशेषताहरू:
– डुअल हेल्मेट राख्न सकिने तथा ३३ लिटर अन्डर सिट स्टोरेज ।
– अगाडिबाट तेल भर्ने सुविधा र फराकिलो फुटबोर्ड ।
– रोटोपेटल डिस्क ब्रेक, टर्न सिग्नल लाइट रेष्ट, आपतकालीन ब्रेक वार्निङ, हाजार्ड लाइट र मेटालम्याक्स संरचना भएको ।
– लामो सीटसहितको बडी ब्यालेन्स २.० प्रविधिले सहज र आरामदायी यात्रा सुनिश्चित गर्ने ।
– फाइन्ड मी, फलो मी हेडल्याम्प र अटो क्यान्सिल टर्न सिग्नल जस्ता प्रविधिहरू समावेश भएको ।
– स्मार्ट कनेक्ट क्लस्टरमार्फत ब्लुटुथ, कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टको सुविधा रहेको ।
– इन्धन खपतको वास्तविक विवरण दिने प्रणाली
टीभीएस जुपिटर विश्वभर ७० लाखभन्दा बढी ग्राहकले रुचाएको मोडेल भएको र यसले सधैं ग्राहकहरूको आवश्यकता पूरा गर्दै आएको कम्पनीको भनाइ छ । नेपालमा सार्वजनिक गरिएको यो स्कुटरको प्रारम्भिक मूल्य दुई लाख ५७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
FACEBOOK COMMENTS