काठमाडौं । टीभीएस मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा २०२५ मा सार्वजनिक गरेको टीभीएस रोनिन २२५ को २०२५ संस्करण आकर्षक ‘मिडनाइट ब्लु’ रङ्गमा आएको छ ।
यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहुप्रयोगी प्रदर्शन, र आधुनिक राइडर–केंद्रित सुविधाका कारण मोटरसाइकल प्रेमीहरूको ध्यान तानेको छ । हल बीको स्टल एल३ए मा प्रदर्शन गरिएको यस मोटरसाइकलले अत्याधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ् र बहु प्रदर्शन क्षमताको संयोजन गर्दै सहरभित्रको दैनिक यात्रा देखि एड्भेन्चर यात्रा, दुबैमा उपयुक्त बनाएको छ ।
यो मोटरसाइकलको मुटुमा रहेको परिष्कृत इन्जिनले स्मुथ टर्क डेलिभरी र थ्रोटलमा उत्कृष्ट रेस्पोन्स दिने कम्पनीको दाबी छ । अर्बन र रेन राइडिङ मोड बिच सहज रूपमा स्विच गर्न मिल्ने यस मोटरसाइकलले विभिन्न सडक र मौसम अवस्थामै पनि विश्वस्त नियन्त्रण दिने बताइएको छ ।
प्रिमियम विशेषताहरुमा स्मार्टएक्सोनेक्ट टीएम ब्लुटुथ जडान, स्मार्टफोनसँग सजिलै जोडिने र नेभिगेसन सहायता दिने, ब्रेकिङमा थप सुरक्षाका लागि डुअल–च्यानल एबीएस मोडहरू, राम्रो ह्यान्डलिङ र स्थिरता प्रदान गर्ने अपसाइड डाउन (युएसडी) फ्रन्ट फोर्क, चालकको सुविधाअनुसार मिलाउन सकिने एड्जस्टेबल लिभरहरू, अर्बन र रेन, फरक अवस्थाका लागि अनुकूल विशेष राइडिङ मोडहरू रहेका छन् ।
रोनिन २२५ को मिडनाइट ब्लु रङले यसलाई थप आकर्षक बनाएको छ । स्टाइल र परफर्मेन्सलाई बराबरी महत्त्व दिने राइडरहरूका लागि यो एकदमै उपयुक्त मोटरसाइकल बन्न सक्छ ।
४ लाख ५९ हजार ९०० रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध यो नयाँ संस्करणले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल प्रदान गर्ने जगदम्बा मोटर्सको प्रतिबद्धतालाई झल्काउँछ ।
कम्पनीको बलियो डिलर सञ्जाल, उत्कृष्ट बिक्री–पछिको सेवा, र ग्राहक–मैत्री नीतिले यसलाई अझ भरोसायोग्य बनाएको छ ।
डिजाइन, प्रविधि र मूल्यको सन्तुलनले सुसज्जित टिभीएस रोनिन २२५ २०२५ संस्करणले अबको प्रिमियम मोटरसाइकल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने तयारी गरेको छ ।
FACEBOOK COMMENTS