काठमाडौं । ट्विटरमा पोष्टहरू पढ्नको लागि दैनिक सीमा तय गरिएको छ । ट्वीटरका मालिक एलन मस्कले आइतबार यसबारे घोषणा गरेका हुन् । डेटा स्क्र्यापिङ र सिस्टम मेनुपुलेसनलाई रोक्न यस्तो कदम चालिएको उनले बताएका छन् ।
उनका अनुसार भेरिफाइड ट्वीटर प्रयोगकर्ताले अब दैनिक १० हजार ट्वीट, भेरिफाइड नभएका पुराना ट्वीटर प्रयोगकर्ताले दैनिक १ हजार ट्वीट र भेरिफाइड नभएका नयाँ ट्वीटर प्रयोगकर्ताले दैनिक ५ सय ट्वीट मात्र हेर्न पाउने छन् ।
सुरुमा मस्कले भेरिफाइड ट्वीटर प्रयोगकर्ताले दैनिक ६ हजार ट्वीट, भेरिफाइड नभएका पुराना ट्वीटर प्रयोगकर्ताले दैनिक ६ सय ट्वीट र भेरिफाइड नभएका नयाँ ट्वीटर प्रयोगकर्ताले दैनिक ३ सय ट्वीट मात्र हेर्न पाउने व्यवस्था गरेका थिए। केहि घण्टा मै उनले लिमिटलाई केही बढाएका हुन् ।
भेरिफाइड प्रयोगकर्ता बन्न पैसा तिर्नु पर्ने व्यवस्था गरिएको छ । अर्थात् पैसा नतिर्ने प्रयोगकर्ताले अब न्यून ट्वीट मात्र हेर्न पाउने छन् ।
FACEBOOK COMMENTS