काठमाडौं, वौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमूल्य ग्रन्ध हो भन्दै प्रलोभनमा पारी नगद ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार काठमाडौं महानगरपालिका(२२ न्यूरोडबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(३० मैतीदेवी सप्तरी राजविराज नगरपालिका(३ घर भएका ४७ वर्षीय प्रशान्त प्रताप सिंह र काठमाडौं महानगरपालिका(८ मृगस्थली दाङ शान्तिनगर गाउँपालिका(४ घर भएका ६५ वर्षीय छन्त्याल भन्ने पूर्ण बहादुर मगर रहेका छन् । उनीहरुले २ जना पीडितलाई ४ करोड पर्ने पुरातात्त्विक महत्त्वको धार्मिक पुस्तक खरिद गर्न लागेकोमा पैसा नपुगेकोले पुस्तक विश्वासका लागि बन्धकी स्वरुप राखी केही रकम दिनुहोस भनी विश्वासमा पारी पीडितसँग नगद १५ लाख ५ हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ठगी कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS