काठमाडौँ । झापामा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका– ९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका– ९ का सुस्मा सुन्दासकी ११ की छोरी एन्जिला सुन्दास र ध्रुव राईका छोरा १२ वर्षका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
दुवै जना खोलामा नुहाउन भनी घरबाट हिँडेको तर अबेरसम्म नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा राति करिब ९ वजे तिर सताक्षी खोलामा दुवैको शव फेला परेको थियो ।
उनीहरूको शव कन्काई सिँचाइ नहरको डिलमा भेटिएको स्थानीयले जनाएका छन ।
FACEBOOK COMMENTS