काठमाडौं । दुई कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डबाट अनुमति पाएका कम्पनीमा सानीगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावर कम्पनी छन् ।
सानीगाड हाइड्रोपावरले अंकित मूल्य १ सयका दरले ८५ लाख ५० हजार कित्ता सेयर निष्कासनको लागि अनुमति पाएको हो । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । बाँकी ७० प्रतिशत सेयर संस्थापक समूहको छ । बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
त्यस्तै कालंगा हाइड्रोपावरले ४९ लाख कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डबाट अनुमति पाएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ निष्कासन गर्नेछ । बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ । यस कम्पनीले ३५ प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो ।
दुवै कम्पनीले विवरणपत्र निष्कासन गरेर कम्पनी तथा आयोजनाबारे विस्तृत जानकारी उपलब्ध गराउने छन् ।

FACEBOOK COMMENTS