काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा शिक्षण अस्पतालरप्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा दुई वटा शिक्षण अस्पताल तथा प्रतिष्ठान खोल्ने नीति लिएको बताएकी छन।
यस्तै नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने उल्लेख छ । यस्तै चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी सङ्ख्या वृद्धि गर्ने उल्लेख गरिएको छ ।
दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार कार्यलाई थप व्यवस्थित बनाइने छ । यस्तै दुर्गम जिल्लामा स्वास्थ्य सेवा पु¥याउनका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति भण्डारीले सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरिएको बताईन ।
यस्तै आधारभूत र जीवनरक्षक औषधि र अक्सिजन तथा औषधिजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिने छ ।
FACEBOOK COMMENTS