काठमाडौँ । काठमाडौँको कुलेश्वरबाट उपभोग्य मिति नाघेको दुई हजार किलो खैरो तिल बरामद भएको प्रहरीले जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बजार अनुगमनका क्रममा मसला बिक्री गर्ने फर्ममा शंकास्पद अवस्थामा उक्त परिमाणको तिल बरामद गरेको हो ।
मसला बिक्री गर्ने कुलेश्वरको फर्मले उक्त परिमाणमा म्याद नाघेको तिल राखेको पाइएको विभागका महानिर्देशक महेश भट्टराईले बताए । फर्मको अन्य वस्तुसमेत शंकास्पद भएपछि प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागले जनाएको छ ।
बरामद भएको तिलको हालको बजार मूल्य ८ लाख रुपैयाँ भएको बताइएको छ ।
FACEBOOK COMMENTS