कैलाली । कैलाली–४ को गोदावरी नगरपालिका–१ मा दुईजना मतदातामाथि कुटपिट भएको छ । मतदान गर्न जाने बेला स्थानीय जंगबहादुर राना दम्पत्तिमाथि कुटपिट भएको हो ।
निर्वाचनका लागि मतदान गर्न श्रीमान्–श्रीमतीसँगै जाने क्रममा आफूहरूमाथि दुई जनाले कुटपिट गरेको रानाले बताए ।
उनले वडा नं १ मा रहेको घण्टेश्वरी माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न स्कुटीमा गइरहेका बेला एक्कासि आएर बाटो छेकी आफूहरूमाथि कुटपिट गरेको बताए ।
FACEBOOK COMMENTS