काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टिमका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
असार २१ गते मलेसियामा सम्पन्न एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगितामा सहभागी टोलीका सदस्यलाई क्यानले जनही ५० हजार रुपैयाँ प्रदान गर्ने क्यानले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS