काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत बंगलादेशलाई १३१ रन्को लक्ष्य दिएको छ ।
दुबईस्थित आइसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३१।१ ओभरमा अल आउट हुदै १३० रन बनाएको हो ।
नेपालका लागि अभिशेख तिवारीले सर्बाधिक ३० रन बनाए भने आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन बनाएका थिए ।
त्यस्तै बंगलादेशका बलर मोहमद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, शाहरिआर अल अमिम र अजुजुल हाकिमले २–२ विकेट लिएका थिए ।
FACEBOOK COMMENTS