काठमाडौँ । नेपाल एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गतको खेलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा श्रीलंकाले नेपाललाई ८ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको ८३ रनको लक्ष्य पछाएको श्रीलंकाले १४.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल २८.३ ओभरमा अल आउट हुदै ८२ रन मात्र बनाएको हो ।
नेपालका लागि किब्रिन श्रेष्ठले सर्बाधिक १८ रन बनाए भने सहिल पटेलले १२ र निरज कुमार यादवले १० रन बनाएका थिए । त्यस्तै श्रीलंकाका बलर सेथमिका सेनेभिराथेले ५ विकेट लिएका थिए ।
प्रतियोगितामा अब नेपालले डिसेम्बर १५ मा दोस्रो खेल बंगलादेशसँग र डिसेम्बर १७ मा तेस्रो खेल अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS