काठमाडौँ । नेपालले एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियालाई पराजित गरेको छ ।
नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा खेलको ९०औं मिनेटमा सुक्रिया मियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि नेपालको समुह ए मा ४ अंक भएको छ । यस खेलमा नेपालले खेलको ३७औं मिनेटमा पाएको पेनाल्टीलाई मीना देउवाले गोल गर्न नसकेपछि साउदी अरेबियाविरुद्ध शुरुवाती अग्रता लिने अवसर गुमाएको थियो ।
यस अघि नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० गोल अन्तरले पराजित भएको थियो ।
समुह ए को आजै भुटान र उत्तर कोरियाबीच खेल हुदैछ । प्रतियोगिता भुटानमा अगस्ट १० सम्म हुने तालिका रहेको छ ।
नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ । आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू–२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् ।
१२ देशले भाग लिने एएफसी यू–२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।
FACEBOOK COMMENTS