काठमाडौँ । युएईले दक्षिण अफ्रिकालाई १२३ रनको लक्ष्य दिएको छ ।
जारी टी–२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको हो ।
युएईका लागि अलिशान शराफूले सर्बाधिक ४५ रन बनाएका थिए भने कप्तान मुहमद वासीमले २२ रन बनाएका थिए । त्यस्तै आर्यान्श शर्माले १३ रन बनाएका थिए । युएईका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन असफल भएका थिए ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर कोर्बिं बोचले ३ विकेट लिएका थिए भने एनरिच नोत्र्जेले २ तथा जर्ज लिंडेले एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS