काठमाडौं । युक्रेनी वायुसेनाले रुसले युक्रेनमा अहिलेसम्मकै ठुलो ड्रोन र मिसाइल हमला गरेको बताएको छ ।
आइतबार रातिदेखि सोमबार बिहानसम्म रुसले ३५५ ड्रोन र ९ वटा मिसाइल प्रहार गरेको युक्रेनको दाबि छ ।
वायुसेनाका प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार यो आक्रमण युद्धको समयमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण थियो । युक्रेनको वायुसेनाले सबै क्षेप्यास्त्रहरू खसालेको बताएको छ भने २८८ वटा युएभी र ड्रोनहरूलाई निष्क्रिय गरिएको छ ।
यसअघि युक्रेनले शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले २९८ ड्रोन र ६९ वटा मिसाइल प्रहार गरेको बताएको थियो ।
यसबाहेक, अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले युक्रेनमा निरन्तर बमबारी गरिरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको समेत बताएका छन् ।
FACEBOOK COMMENTS