काठमाडौँ । भारतको जम्मू कश्मीरको उधमपुरमा गाडी दुर्घटना हुदाँ केन्द्रीय रिजर्भ पुलिस बलका तीन सैनिकको मृत्यु भएको छ ।
दुर्घटनामा १५ सैनिक घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको भारतीय संञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफ को १८७औं बटालियनको बस उधमपुर जिल्लाको कडवाबाट बसन्त गढ जाँदै गर्दा लगभग २०० फिट गहिरो खाल्डोमा खसेको बताइएको छ ।
विहिबार बिहान दुर्घटना भएको बसमा कुल १८ सैनिक रहेका थिए । सबै घाइतेहरूलाई हेलिकप्टरबाट उद्धार गरी उधमपुरको सैन्य अस्पतालमा भर्ना गरिएको छ ।
FACEBOOK COMMENTS