काठमाडौं । उधोग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उधोग क्षेत्रमा संकट आउन नदिन उधोगीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् ।
आइतबार मन्त्रालयमा मन्त्री रिजाललाई बैंक तथा बित्तिय संस्था परिसंघका पदाधिकारीसँगको भेटमा मन्त्री रिजालले यस्तो बताएका हुन् । मन्त्री रिजाललाई परिसंघको टोलिले उधोग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । बैंकिङ क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरीदिन आग्रह गर्दै परिसंघको टोलिले उक्त रकम उधोग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दियो ।
मन्त्री रिजालले उधोग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उधोग क्षेत्रलाई बचाउँका लागि सरकारलाई उधोगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए । मन्त्री रिजालले, ुसरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस । ू
FACEBOOK COMMENTS