कास्कीमा नयाँ उद्योग दर्ता घट्यो
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                 कर्पोरट खबर                              
                                                      
                          
                               3:47 pm, मंगलबार, असोज १६, २०८०
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               3:47 pm, मंगलबार, असोज १६, २०८०  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
लेखनाथ । कोरोना सङ्क्रमण र आर्थिक मन्दीका कारण यसवर्ष कास्कीमा नयाँ उद्योग दर्ताको सङ्ख्या घटेको छ ।  कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा २ हजार ३ सय ६५ नयाँ उद्योग दर्ता भएकामा गत आव २०७९/८० मा ९ सय ९५ वटा मात्रै रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख उद्योग अधिकृत शेषकान्त पैडेलले कोरोना र आर्थिक मन्दीकै कारण नयाँ उद्योग दर्ता सङ्ख्या घटेको हुनसक्ने बताए । कार्यालयका उद्योग अधिकृत महराज ढकालका अनुसार गत आवमा नयाँ उद्योग दर्ता सङ्ख्या घटे पनि बक्यौता राजस्व बुझाउनेको सङ्ख्या बढ्दा राजस्व भने वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ मा २ करोड १२ लाख ३० हजार ६ सय ३१ राजस्व सङ्कलन हुँदा २०७९/८० मा रु  दुई करोड ३९ लाख ९० हजार नौ सय ८९ राजस्व सङ्कलन भएको छ ।
विभिन्न उद्योगमध्ये पर्यटनमूलक, कृषि तथा वनपैदावार र सेवामूलक उद्योग दर्ता गराउनेको सङ्ख्या भने केही मात्रामा बढेको छ ।  आव २०७९/८० मा पर्यटनसम्बन्धस् तीन सय ३८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएनन् ।
आव २०७९/८० कास्कीमा कृषि तथा वनपैदावार उद्योगतर्फ तीन सय १७, सेवामूलक उद्योगतर्फ एक सय ९८, उत्पादनमूलक उद्योगतर्फ १ सय ३५ र सूचना प्रविधिमा आधारित सातवटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कृषि तथा वनपैदावारमा आधारित आठ सय ८८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएका थिएनन् । पर्यटनमूलक उद्योगमा ७ सय ४ , सेवामूलक उद्योगमा ५ सय ४७, उत्पादनमूलक उद्योगमा २ सय १६ र सूचना प्रविधिमा आधारित १० वटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत  ढकालले दिए ।
कास्कीका उद्योगमा आव २०७८/७९ मा ४ अर्ब ८९ करोड ५२ लाख पुँजी लगानी भएको थियो भने आव २०७९/८० मा ३ अर्ब २७ करोड १९ लाख पुँजी लगानी भएको प्रमुख उद्योग अधिकृत पौडेलले जानकारी दिनुभयो ।
आव २०७८/७९ मा दुई हजार ६ सय ११ महिलासहित चार हजार आठ सय ३७ जनालाई विभिन्न उद्योगमा रोजगार सिर्जना हुँदा  आव २०७९/८० मा एक हजार सात सय ५१ जना महिलासहित तीन हजार नौ सय ६७ जनाले रोजगार प्राप्त गरेका छन् । कास्की जिल्लामा विभिन्न प्रकृतिका २३ हजार ६ सय २९ उद्योग दर्ता भएका छन् ।
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS