काठमाडाैं । व्यवसायमा सफलता हासिल गरेका उद्योग व्यवसायीहरु राजनीतिक सफलता खोज्न आम चुनावमा होमीएका छन् । नेपालमा व्यवसाय गर्दा भोग्नु परेको पिढा र समाज सेवाको हुटहुटीले व्यवसायीहरु प्रत्यक्ष चुनाव लड्न पुगेका छन् । यसरी पत्यक्ष चुनाव लड्ने व्यवसायीको लिस्ट लामै छ । तर, आज हामि विशेषगरी यसरी पत्यक्ष चुनावमा होमिएको ४ जना व्यवसायीको बारेमा मात्र चर्चा गर्नेछौं ।
उद्योगी विनोद चौधरी
पश्चिम नवलपरासी १ बाट चुनाव जितेर संसद बन्ने सपना देखेका चौधरी यसअघि संविधान सभाको सदस्यसमेत बनिसकेका छन् । तसर्थ, संसद यात्रा यो उनको पहिलो होइन् । उनी पहिला पनि संसद छिरिसकेका छन् । तर, प्रत्यक्षमा भने उनी पहिलो पटक चुनाव लड्दै छन् । व्यवसायी घरनाबाटै हुर्केका चौधरीले देशलाई उद्योग मैत्री बनाउन चाहान्छन् । त्यसका लागि नीति निर्माण तहमै बसेर काम गर्न चाहान्छ उनी ।
‘नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी’ यी विभिन्न उपनामले परिचित चौधरी नेपाली काँग्रेसबाट चुनाब लड्दै छन् । उनीसँग प्रमुख प्रतिस्पर्धाको रुपमा जनता प्रगतीशील पार्टीबाट ह्रदयेश त्रिपाठी र नेकपा एमालकी सिन्धु जलेशा रहेका छन् ।
अमृत खड्का
नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्रनंम्बर ३ मा लड्दैछन् निर्यात व्यवसायी अमृत खड्का । यस पाटक संसद छिर्ने दाउमा रहेका खड्का जीवनमा विद्यार्थीकालदेखिनै राजनीति आवद्ध थिए । उनको पतिस्पर्धाको रुपमा नेकपा माओवादीकी नेतृ पम्फा भुषाल रहेकी छिन् । उक्त क्षेत्रमा भुषाल सत्ता गठबन्धकी साझा उम्मेदवार समेत हुन् । पम्फा भुषालका कारण हस्तकला व्यवसायी खड्कालाई संसद छिर्न फलामको चिउरा चपाए सरह हुनेछ ।
सुमन पाण्डे
करिव ३ दशकदेखि पर्याटन व्यवसाय गर्दै आएका पाण्डेलाई पनि यस पटक सांसद बनेर नीति नियम बनाउने तहमा पुगेर काम गर्ने जोस चड्यो । सोही उनको महत्वकांक्षाका कारण उनी नुवाकोट क्षेत्रनम्बर २ बाट चुनावी मैदानमा होमिए । रवि लामिछानेको स्वतन्त्र पार्टीबाट चुनाव लडन अघि बढेका पर्याटन व्यवसायी पाण्डे चुनाव जित्नेमा ढुक्क छन् । चुनाव जितेर नुवाकोटलाई नमुना पर्याटकीय स्थल बनाउने योजनामा रहेका पाण्डेलाई भने स्थानीय स्थरमा दशकौंदेखि विभिन्न पार्टीको भक्ती गाउनेबाट भने निकै मुस्किनै छ । पाण्डेको प्रमुख पतिस्पर्धीको रुपमा नेकपा एमालेको तर्फबाट नारायन प्रसाद खतिवडा र नेपाली काँग्रेसको तर्फबाट अर्जुन नसिंह केसी रहेका छन् । त्यसैगरी राप्रपाको तर्फबाट झनक प्याकुरेल प्रतिस्पर्धामा छन् ।
उमेश श्रेष्ठ
शिक्ष क्षेत्रको व्यवसायमा सफल बनीसकेका श्रेष्ठ यसअघि मन्त्रिसमेत बनिसकेका छन् । उनी यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री बनेका थिए । नेपाली काँग्रेसको तर्फबाट चितवन क्षेत्रनम्बर २ बाट संसद छिर्ने दाउ बनाएका श्रेष्ठलाई भने एमालेका कृष्णभक्त पोख्रेल भारी पर्न सक्छन् । अर्थात उनको मुख्य प्रतिस्पर्धी भनेको नेकपा एमालेका कृष्ण भक्त पोख्रेल नै हुन् ।
हुन त राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारी पनी श्रेष्ठका लागि अंकुस बन्न सक्छन् । तर, श्रेष्ठलाई भने नेकपा माओवादीको साथ रहेको छ । सो क्षेत्रमा माओवादीको राम्रै पकट रहेको छ । त्यसैले पनि श्रेष्ठ यस पटक पत्यक्षबाटै सांसद बन्ने आशामा छन् । यस्तै, साेही क्षेत्रमा पूर्व पत्रकार रवि लामिछाने पनि चुनावमा हाेमिएका छन् । चितवनमा लामिछानेकाे क्रेजपनि राम्रै छ ।
यी बाहेक अन्य दर्जनाै व्यवसायीहरू प्रत्यक्षमा चुनाव लड्दै छन् । जसमध्य माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र महतो – सिराहा ४ (जसपा) बाट, निर्माण व्यवसायी मोहन आचार्य – रसुवा (नेपाली कांग्रेस) अादी इत्यादी
FACEBOOK COMMENTS