काठमाडौं । उद्योगी तथा व्यवसायीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरविरुद्ध आज पनि आन्दोलन गरेका छन् ।
माइतीघर मण्डलामा भेला भएर उनीहरूले विरोध जनाएका हुन् ।
आन्दोलनका क्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताए ।
सरकारले व्यवसायीहरूका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने भन्दै उनले राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिए ।
उद्योग व्यवसायीले हिजो पनि चर्को व्याजदरको विरुद्ध आन्दोलन गरेका थिए ।
FACEBOOK COMMENTS