नेपालमा माओवादीकै प्रयास बाट गणतन्त्र र संघियता आयो । आफ्नो एजेन्डा स्थापीत गर्नु सानो उपलब्धि होईन । जन युद्धका कति कुराहरु स्थापित भएनन् होला तर मुख्य एजेण्डा सफल भएकोमा नेतृत्व तहको राजनीति र रणनीतिको सफलतालाई सैबैले स्वीकारे । माओवादीको अर्को पाटो बिद्रोहि पाटी बाट संसदिय बाटो समाउनु थियो । यसमा पनि केहि हदसम्म माओवादि सफल बन्दै आयो ।
पहिलो चुनावमा पाएको सफलता र त्यसपछी पनि एमालेसँग एकिकरण गरेर होस् या अहिलेको गठवन्धन गरेर आफुलाई प्रथम स्थानमा उभ्याई राख्न सफल त भयो तर अबका आगामी दिनमा भने यो पार्टिलाई त्यति सजिलो छैन । माओवादि सङ्ग अहिले अर्थ बुझेका चतुर खेलाडी बाबुराम भट्टराई जस्ता नेता नहुनु र अर्थको खेललाई हाँसोमा उडाउने जनार्दन शर्मालाई अर्थ मन्त्रालयको बागडोर सम्हाल्न दिनुले पनि माओवादिको आगामी यात्रा त्यति सहज छैन ।
माओवादिको अहिले निशाना सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिध्याउने तिर लागेको छ । यो एजेण्डा माधब कुमार नेपालको हो जसलाई साथ पुष्पकमल दाहल प्रचण्डले दिईराखेका छन् । एमाले फुटाई दिएको दोष नेपालले प्रधानन्यायाधीश राणालाई दिने गरेका छन् ।
यहि एजेन्डाको पछी लाग्दा जनमानसमा के भै राखेको छ माओवादिका नेतृत्वले भेउ पाउनै सकेका छैनन् । अहिले शेयर बजार र बजारमा तरलताको समस्या कृत्रिम हो भन्ने अर्थ मन्त्रि शर्माले भेउनै पाउन सकेनन् । राष्ट्र बैंकका गर्भनर एमाले निकट व्यक्ति छन् । गर्भनरलाई राम्रो सँग थाह छ अहिलेको बजार क्र्यासले पछी सरकारमा रहेको दललाई कतिको हानी गर्छ भन्ने । यसै काराण गभर्नर महा प्रसाद अधिकारीले सिसिडि रेसियो खारेज गरेपनि पुनः सिडि रेसियो लागु गरे । यसले पनि कर्जा र निक्षपमा असर पारेको छ ।
अहिले शेयर बजारमा ४२ लाख जनता आवद्ध छन् । गत भदौ २ गते नेप्से सूचक हालसम्मकै उच्च ३१९८.६० विन्दुमा पुगेको थियो । सो पश्चात शेयर बजार लगातार घट्न सुरु भयो । बिहीबारसम्ममा नेप्से सूचक सो विन्दुबाट २३.४० प्रतिशत अर्थात ७४८.६३ विन्दुले घटेर २४४९.९७ विन्दुमा झरेको छ ।
नेप्से सूचकसँगै १३ वटै उपसमूहको सूचक पनि उच्चदरले घटेको छ । यस अवधिमा सबैभन्दा धेरै लगानी उपसमूहको सूचक ३८.२७ प्रतिशतले घटेको छ भने व्यापार उपसमूहको सूचक पनि ३३.४९ प्रतिशतले घटेको छ ।

बुलिश बजारमा पछिल्लो पटक सबैभन्दा धेरै सक्रिय रहेको फाइनान्स, विकास बैंक र हाइड्रोपावर उपसमूहको सूचक पनि उच्चदरले घटेको छ । यस अवधिमा फाइनान्स उपसमूहको सूचक ३२.५० प्रतिशत, विकास बैंक उपसमूहको सूचक ३०.०९ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक २८.५२ प्रतिशतले घटेको छ ।


बढ्दो बजारमा उच्च दरले बढेका यी उपसमूहका कम्पनीहरु अहिले घट्दो बजारमा समेत सबैभन्दा धेरै घट्ने कम्पनीहरुको शीर्ष स्थानमा देखिने गरेका छन् । कतिपय कम्पनीहरुको शेयरमूल्य उच्च विन्दुबाट ५० प्रतिशतभन्दा धेरैले घटिसकेको छ ।
यसरी बजार घटदै जाँदा जनताको आक्रोस अर्थ मन्त्री तिर सोझिदै गएको छ भने गभर्नर चोखो बनेर बसिरहेका छन् । यसैबिच आक्रोसित भिडले नो भोटको नारा समेत उठाई सकेको अवस्था छ ।
तर अर्थ मन्त्री शर्मालाई यस विषयमा अझै यसले पार्न सक्ने प्रभाव बारे थाहा नै छैन । अर्थ मन्त्री शर्मालाई पुँजि बजारको पैसा यहि रहने र बाहिर नजाने समेत थाहा छैन । उनले पुँजि बजारलाई अनुत्पादक क्षेत्र बुझ्ने गरेका छन् । कसैले रटाई दिएको छ आयातित बस्तु रोक्यो भने देशको अर्थ तन्त्र बलियो हुन्छ । त्यसैको रटाईमा अर्थ शास्त्र बुझ्नै नपर्ने सबैलाई सुझाउँदै हिड्छन् शर्मा । अहिले सरकारको बागडोर नेपाली कांग्रेसले समालेको छ ।
तर अहिले प्रमुख नेतृत्व कर्ता प्रधानमन्त्री शेर बहादुर देउवालाई आर्थीक विषयमा केहि बोल्नु नै छैन । किन कि यस विषयको आक्रोस नेपाली कांग्रेसलाई पर्ने छैन र नेपाली कांग्रेसले चुनावमा समेत एक्लै जाने जनाई सकेको छ । चुनाव पनि मुखैमा आउँदैछ र चुनावको लागि राष्ट्रिय सरकार बन्ने सम्भावना पनि उत्तिकै बलियो हुँदै गएको छ । त्यससँगै नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रि प्रजातन्त्र पार्टिले राष्ट्रिय अधिवेशन गरेर पनि आगामी दिनको पार्टीको मार्गदिशा पहिल्याई सकेको छ ।
यस सँगै एमालेको सुर्य ब्राण्ड र नेपाली कांग्रेसको रुख ब्राण्डको प्रभाव सँग नेकपा माओवादिले लड्नु पर्ने हुन्छ । त्यसका लागि अबका दिनमा हरेक तरिका बाट जनता रिझाउने बाहेक अरु कुनै उपाय छैन तर थाहा पाएर होस् या नपाएर जनता रिझाउनु भन्दा पनि जनता भड्काउन तिर पार्टीको पंक्ति देखिन थालेको छ । यहि गतिले माओवादिका अध्यक्ष प्रचण्डले अनुमान गरे जस्तै आफू एक्लो हुनेमा कुनै दुईमत छैन ।