काठमाडौं । कर्पोरेट खबरका सञ्चालक उज्वलजंग शाहल अहिले निजी क्षेत्रलाई चौतर्फी रूपमा गिराउने कोशिस भइरहेको बताएका छन् ।
नेपालको एक नम्बर ब्युटी सैलुन ‘फेसियल हाउस’ले आयोजना गरेको ‘महिला सशक्तीकरण विचार गोष्ठी’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालमा जुनसुकै काम गर्न पनि निकै कठिन रहेको छ । राज्यले उद्योग–व्यवसायको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्छ । मुलुकमा रोजगारीको पर्याप्त अवसर नभएकै कारण दैनिक हजारौँ युवायुवती रोजगारीका लागि विदेश जाने गरेको छन् । तर हजारौँ व्यक्तिलाई रोजगारी दिने संस्थाहरु भने संरक्षणमा छैन्न ।’
उनले आफूले जानेको र सकेको सीप प्रयोग गर्दा नेपालमै पनि काम गर्न सकिने अवस्था रहेको बताए । कपाल काट्नेलगायत धेरै काम पुरुषले मात्र नभइ महिलाहरूले समेत गर्न सक्ने भन्दै उनले श्रमको सम्मान र पेसाप्रतिको सकारात्मक सोचाई परिवर्तन गर्ने बेला आएको उनले बताए ।
FACEBOOK COMMENTS