काठमाडौं । नेपालको अग्रणी एसेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलले आउँदै गरेको दसैंको अवसरमा आफ्ना ग्राहकहरूलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोड रूपैयाँभन्दा बढीको छुट, ३ करोड रूपैयाँ बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ ।
यही असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८, २०२४) सम्म चल्ने १४ दिने दसैं मेला विभिन्न आकर्षक डिलहरू जस्तैः ‘डिल अफ द डे,’ ‘बाइ वान गेट वान,’ र ‘१ रूपैयाँ गेम’ समावेश छन् । यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावरबैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदै छन् ।
अल्टिमाले दसैंको अवसरमा आकर्षक नयाँ वस्तुहरू बजारमा ल्याई बहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदै छ ।
यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दै छ, जुन यसको उत्पादनमा नयाँ कोसेढुंगा सावित हुनेछ । प्रिमियम होम थिएटर अनुभव प्रदान गर्न डिजाइन गरिएका अल्टिमा वेभबार १२० र अल्टिमा वेभबार २००, शक्तिशाली स्पिकरहरू १२०डब्ल्यू र २००डब्ल्यू दुई भेरियन्टहरूमा उपलब्ध छन्, जसमा बुस्टर, ब्लुटुथ कनेक्टिभिटी र वास्तविक आरएमएस मद्दत हुनेछ ।
दोस्रो उत्पादनमा अल्टिमा वाच एक्टिभ हुनेछ, एड्भेन्चर खोज्नेहरूका लागि डिजाइन गरिएको टिकाउ यो स्मार्टवाच सकप्रुफ र आईपी प्रमाणपत्रका साथ लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ । यसको टिकाउपनसँगै यो स्मार्टवाचमा विविद अमोल्ड डिस्प्ले, अल्टिमा एपसहित ७ दिनको ब्याट्री लाइफ र थप सुविधाहरू उपलब्ध छन्, जसले सक्रिय जीवनशैलीको अनुभव प्रदान गर्नेछ ।
अल्टिमाको तेस्रो सार्वजनिक हुने उत्पादनमा स्पिकर जोडी साउन्डबक्स एस२० र एस५० समावेश छन्, जुन मार्बल भर्सनको संस्करण हो । यी शक्तिशाली स्पिकरहरूले क्रमशः २०डब्ल्यू र ५०डब्ल्यू ध्वनि प्रदान गर्छन्, जसमार्फत बलियो र प्रभावकारी अडियो अनुभव लिन सकिन्छ ।
पावरबैंक प्रयोगकर्ताहरूलाई यो उत्पादनले खुसी पार्नेछ किनकि अल्टिमाले यो संस्करणलार्ई पूर्ण नयाँ रूपमा प्रस्तुत गरेको छ । अल्टिमाले तीन संस्करणहरूमा चार नयाँ पावरबैंकहरू समावेश गरेको छ जसमा मिनी, प्रो, अल्ट्रा रहेका छन् । मिनीमा म्यागसेफ वायरलेस चार्जिङ, २२.५डब्ल्यू पावर आउटपुट र १०,००० एमएएच ब्याट्री र यसको नामअनुसार कम्प्याक्ट डिजाइन समावेश छ । प्रोले २२.५डब्ल्यू पावर आउटपुट प्रदान गर्दछ साथै २०,००० एमएएच र ३०,००० एमएएच क्षमता भएका दुई भिन्न ब्याट्रीहरूमा उपलब्ध छ । बुस्ट अल्ट्रा ६५डब्ल्यू सम्म चार्जिङ र २०,००० क्षमता ब्याट्रीमा उपलब्ध छ । अल्टिमाका सबै पावरबैंकहरूमा टिकाउ, फायरप्रुफ डिजाइन र नवीन सुरक्षा सुविधाहरू समावेश छन् ।
अल्टिमा दसैं मेला यही असोज ९ देखि असोज २५ सम्म चल्नेछ । यो १४ दिने मेलामा अल्टिमाले सातभन्दा बढी विशेष अफरहरू ल्याएको छ :
रू. १ को चमत्कार : अल्टिमाले आफ्ना ग्राहकहरूलाई दसैं मेलामा अल्टिमाका उत्पादनहरू १ रूपैयाँमा किन्ने मौका दिइरहेको छ । जसका शर्तहरू ५ जना भाग्यशाली खरिदकर्ताहरूले मात्र अल्टिमा डटकम डट एनपीबाट १ रूपैयाँमा उत्पादनहरू खरिद गर्न पाउनेछन् । यो अफर सीमित अवधिका लागि हुनेछ र असोज ९ देखि असोज २२ सम्म हरेक दिन सोसल मिडिया पेजहरूमा घोषणा गरिनेछ ।
बाइ वान गेट वान फ्री : यो अफर अल्टिमा एटम १९२ मा लागू हुनेछ । ग्राहकहरूले दुई हजार सात सय ९९ रूपैयाँमा दुई एटम १९२ खरिद गर्न पाउनेछन् ।
दैनिक पैसा वसुल डिल : यस वर्ष अल्टिमाले ग्राहकहरूलाई ८० प्रतिशतभन्दा बढी छुटका साथ आकर्षक डिलहरू प्रदान गर्दै छ । हरेक दिन १४ डिलहरू उपलब्ध हुनेछन् ।
मलामाल कम्बोहरू : ग्राहकहरूले ३५ हजार नौ सय ९९ रूपैयाँ पर्ने वेभबार २००, वाच एक्टिभ, प्राइम १.० र बुस्ट २०के प्रो मात्र १९ हजार नौ सय ९९ रूपैयाँमा खरिद गर्न सक्नेछन् ।
साउन्डबार किन्दा इयरबड्स सित्तैमा : वेभबार खरिद गर्ने ग्राहकहरूले अल्टिमा एटम १९२ सित्तैमा पाउनेछन् ।
घडी किन्दा इयरबड्स सित्तैमा : अल्टिमा वाच सर्कल, अहिलेसम्म ग्राहकहरूले सबैभन्दा बढी मन पराएको ब्रान्ड किन्दा यस पटक सम्झौतालाई अझ प्रभावकारी बनाउन नयाँ अल्टिमा एटम ५२० प्रो प्राप्त गर्न सक्नेछन् ।
अल्टिमाले ग्राहकहरूलाई आफ्ना उत्पादनहरू एक रूपैयाँमा किन्ने अवसर दिइरहेको छ । केही शर्तहरू लागू हुने भए पनि मात्र पाँच जना भाग्यशाली खरिदकर्ताहरूले अल्टिमा डटकम डट एनपीबाट यी उत्पादनहरू एक रूपैयाँमा खरिद गर्न सक्नेछन् । सीमित समयको अफर जुनसुकै समयमा उपलब्ध हुनेछ र स्टक केही सेकेन्डमै समाप्त हुने सम्भावना भएकाले यस अनुभवलाई अझै रोमाञ्चक बनाउनेछ । अल्टिमाले प्रत्येक दिन जुनसुकै समयमा आफ्ना सोसल मिडिया पेजहरूमा अफर घोषणा गर्नेछद र घोषणा भएको पाँच मिनेटभित्र अफर पेज लाइभ हुनेछ । यो अफर असोज ९ देखि असोज २२ सम्म चल्नेछ ।
अभियान समाप्त भएपछि एक जना भाग्यशाली खरिदकर्ताले उपहारहरू जित्न सक्नेछन् । यस वर्ष अल्टिमा होम रेनोभेसन थिमअन्तर्गत वेभबार, टीभी, फ्रिज र अन्य दर्जनौं उत्कृष्ट घरायसी सामानहरू समावेश छन् ।
अल्टिमा दसैं मेला असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८) सम्म चल्नेछ र सबै अफरहरू अल्टिमाको आधिकारिक वेबसाइट अल्टिमा डटकम डट एनपी साथै यसका च्यानल पार्टनरहरू दराज, खल्ती, ईसेवा, आईएमई पे, हुकुट ब्रदरमार्ट, नियो स्टोर र जीवमार्फत खरिद गर्न सकिनेछ ।
अल्टिमा लाइफस्टाइल एउटा एसेसरिज ब्रान्ड हो, जसले नवीनतम र उच्च गुणस्तरीय इलेक्ट्रोनिक उत्पादनहरू प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS