काठमाडौं । लोकतान्त्रिक वामगठबन्धन चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठले आफू व्यक्ति धनी बनाउन नभई देश धनी बनाउन राजनीतिमा आएको बताएका छन् ।
भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले देश धनी नभए व्यक्ति पनि गरिब हुने बताए । देश धनी हुन यहांँका साधन श्रोतलाई सही रुपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो । ‘देश धनी भए व्यक्ति धनी हुन्छ । म देश धनी बनाउननै राजनीतिमा आएको हुंँ,’ उनले भने । चितवन शिक्षा स्वास्थ्य पर्यटन कृषिको हब भएकोले यसलाई प्रर्वद्धन गर्न सके विकासले कोल्टे फेर्ने उनले बताए ।
आफू व्यवसाय क्षेत्रमा झण्डै पांँच दशक सेवा गर्दै आएको भन्दै अबको समय जनताको सेवा गर्नआएको उनले बताए । आफू राजनीतिमा लागे देखिनै जनताको सेवा गर्दै आएको भन्दै उनले भने, ‘चाहे माडीको विकास भन्नुस्, चाहे पश्चिम चितवनको विकास भन्नुस म र प्रचण्डजी संँगै थियौं,’ उनले भने ।
व्यवसायिक कृषिलाई सरकारले जोड दिनुपर्ने भन्दै श्रेष्ठले देशको प्रगतिको लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्ने बताए ।
FACEBOOK COMMENTS