चितवन । नेकपा एमालेको निर्वाचन समितिले १०औं महाधिवेशनमा उम्मेदवारी शुल्कवापत २१ लाख २५ हजार रुपैयाँ उठाएको छ । समितिले अध्यक्षका लागि १५ हजार, पदाधिकारी र आयोग पदाधिकारीका लागि १० हजार, र केन्द्रीय सदस्य तथा आयोग सदस्यका लागि पाँच हजार शुल्क तोकेको छ ।
३०१ सदस्यीय केन्द्रीय कमिटी र ५० सदस्यीय आयोगको सदस्यका लागि मात्र ३६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने आयोगसहित पदाधिकारीमा २८ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुबाट आयोगले १८ लाख पाँच हजार रुपैयाँ शुल्क उठाएको छ ।
आयोगले उम्मेदवारी फिर्ता लिएपनि दर्ता गर्दा बुझाएको शुल्क फिर्ता नदिने भएकाले यो रकम निर्वाचन प्रयोजनका लागि खर्च गरिने निर्वाचन समितिले जनाएको छ ।
FACEBOOK COMMENTS