काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत विरुद्ध धनगढीमा जेन जी युवाले विरोध प्रदर्शन गरेका छन् ।
बुधबार बिहान धनगढी बजारमा प्लेकार्ड लिएर जेनजी युवा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय धनगढीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्तिपूर्ण रूपमा जेनजीले विरोध गरेको जानकारी दिए ।
तनाव सिर्जना हुने कुनै पनि किसिमका गतिविधि नभएको पनि उनले बताए ।
यसअघि ४ मंसिरमा बारामा पनि बस्नेतविरुद्ध जेनजी युवाले प्रदर्शन गरेका थिए ।

त्यसपछि ७ मंसिरमा इटहरीमा नेता बस्नेत चढेको गाडीमा युवाले रातो रङ प्रहार गरेका थिए ।

FACEBOOK COMMENTS