काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज मतदान भइरहेको छ । बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको हो ।
अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सँसगँगै मतदान गरेका थिए ।
एमाले महाधिवेशनमा १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र ३ आयोगका लागि मतदान भइरहेको हो।महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्।
आज राति १० बजेभित्रै मतदान सक्ने लक्ष्य एमालेको छ ।
FACEBOOK COMMENTS