भोजपुर । आफ्नो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र अपरिपक्व व्यवहारका कारण पटक–पटक विवादमा पर्दै आएका नेकपा माओवादी भोजपुरका नेता तथा सङ्घीय सांसद सुदन किराती पुनः एक पटक नराम्ररी विवादमा मुछिएका छन् ।
बुधबार माओवादी अरुण गाउँपालिका–२ को वडा अधिवेशनमा आफूले दिएको आपत्तिजनक अभिव्यक्तिका कारण सांसद राई विवादमा परेका हुन् । नेकपा एमालेका प्रतिनिधि चन्द्रबहादुर खत्रीसमेत उपस्थित रहेको कार्यक्रममा राईले पदीय मर्यादासमेत भुलेर अत्यन्त खेदजनक अभिव्यक्ति दिएका थिए । आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा राईले एकाएक उत्तेजित र आक्रामक बन्दै अत्यन्तै नीच र असभ्य शब्दावलीको प्रयोग गर्दैै एमालेका नेता, कार्यकर्ता र समर्थकलाई कालो मोसो दल्न, जुत्ताको माला लगाउन र कुटपिट गर्न आप्mना कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले त्यसको सम्पूर्ण जिम्मा आपूmले लिनेसमेत बताएका थिए ।
उनको सो अभिव्यक्तिको एक विज्ञप्ति जारी गर्दै नेकपा (एमाले) अरुण गाउँ कमिटीले गम्भीर आपत्ति जनाएको छ । कमिटीमा अध्यक्ष नारायणप्रसाद घिमिरे र सचिव सुवास मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ— जनातको जिम्मेवार जनप्रतिनिधिबाट यस किसिमका निकृष्ट शब्दावली प्रयोग गरेकोप्रति हाम्रो गाउँ पार्टी कमिटी घोर भत्र्सना र निन्दा गर्दछ । हामी शान्ति, सुव्यवस्था, सुशासन र सहअस्तित्वको रक्षाका लागि सदैब सचेत छौँ । अरुको अस्तित्वलाई पनि हामी स–सम्मान आदर र सद्भाव राख्दछौँ । तर यसलाई कमजोरी ठानी आपूmलाई नै राजनीतिको सुप्रिम ठान्ने र अरुलाई गुइँठा र धुलो सम्झने बज्रस्वाँठहरुलाई ढुङ्गाको जवाफ पत्थरले दिन तयार छौँ । नाङ्लो ठट्टाएर हात्ती तर्साउने दुस्साहस नगर्न र उक्त सार्वजनिक मञ्चबाट अभिव्यक्त गरिएको भनाईलाई सार्वजनिक रुपमा माफी माग्न, फिर्ता लिन, सार्वजनिक रुपमै सच्याउन हाम्रो पार्टी आग्रह गर्दछ । राजनीतिक संस्कार नभुल्न र संयमता नगुमाउन समेत हामी सम्बन्धित पक्षलाई अपिल गर्दछौँ, अन्यथा पार्टीले हातमा दही जमाएर नबस्ने कुरा यसै प्रेस विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौँ ।
FACEBOOK COMMENTS