काठमाडौँ । नेकपा (एमाले) का कार्यकर्ताले विद्युत प्राधिकरणका कर्मचारीमाथि हातपात गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखिएको पाइएपछि एमालेनिकट युवासङ्घका कार्यकर्ता हातपातमा उत्रिएका हुन् । उनीहरूले वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात गरेका छन् ।
मङ्गलबार बिहान १० बजेको समयमा ३५/४० जनाको समूह वितरण केन्द्रमा प्रवेश गरी कार्यलय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोडसमेत गरेको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीविरुद्ध सूचना प्रकाशन भएको विषयमा ज्ञापनपत्र बुझाउन पुगेका उनीहरूले हातपात र तोडफोड गरेका हुन् ।
डिजिटल बोर्डमा ‘केपी चोर देश छोड’ लेखिएको छ । वितरण केन्द्रले कसैले बोर्ड ह्याक गरेर त्यस्तो लेखेको भनेको छ तर युवासङ्घका कार्यकर्ताहरू वितरण केन्द्र प्रमुखकै योजनामा त्यस्तो लेखिएको आरोप लगाएको छ ।
याे पनि पढ्नुहाेस्
विद्युत् प्राधिकरणको डिजिटल बोर्डमै लाग्यो ‘केपी चोर देश छोड’को नारा
FACEBOOK COMMENTS