काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।
आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एक नेताले जानकारी दिए। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ ।
त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए। साथै एघारौं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुनेछ ।
FACEBOOK COMMENTS