काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार मंगलबार बिहान ९ बजेका लागि पार्टीले सचिवालय बैठक तय गरेको हो ।
एमालेका एक पदाधिकारीका अनुसार सचिवालय बैठकमा मूलत: तीन विषय समावेश हुनेछन् । जसमा समानुपातिक उम्मेदवारीको समीक्षा, प्रत्यक्षतर्फ सिफारिस भएका नामहरूमा पुनरावलोकन र उम्मेदवार सिफारिस भएका क्षेत्रबारे विवाद निरुपणलगायत समावेश छन् ।
एमालेले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । तर, कतिपय व्यक्तिलाई पटक–पटक अवसर दिइएको भन्दै पार्टीभित्र विरोध हुँदै आएको छ । त्यस्तै, प्रत्यक्षतर्फ शीर्ष नेताहरू नै भूगोलबाट सिफारिसमा परेका छैनन् ।
धनकुटा, दोलखालगायतका जिल्लामा भएका एकतर्फी सिफारिसका बारेमा उत्पन्न विवाद पनि सचिवालय बैठकले टुङ्ग्याउने बुझिएको छ । भने, विवादित पृष्ठभूमिका व्यक्तिहरू सिफारिस भएको विषयमा पनि समीक्षा गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS