काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
११औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको हो ।
बैठकमा छलफल गर्नका लागि ६ बुँदे कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएका खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन, प्रमाणपत्र वितरण र समसामयिक विषयलाई बैठकको कार्यसूची बनाइएको छ ।


FACEBOOK COMMENTS