काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।
२२ सय २७ खसेको मतमा भट्टले १४ सय ५२ सर्वाधिक मत पाए । ईश्वर प्यानलबाट भट्टराई विजयी भएका छन् ।
महासेठले १३ सय ६८, भट्टराई ले १३ सय ४८ मत पाएर जिते । चौथो स्थानमा रहेका विष्णु रिमालले १ हजार ९१ मत ल्याए ।
आनन्द पोख्रेल ६३५, वैजनाथ चौधरी ५१७ र राजेन्द्र गौतम २७० मत पाए। गौतमले आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरेका थिए ।
FACEBOOK COMMENTS