दोलखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोलखा जिल्ला अध्यक्षमा पुन: नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
जिल्ला कमिटीको जारी १०औँ अधिवेशनअन्तर्गत हिजो बुधबार भएको निर्वाचनको मतपरिणाम अनुसार श्रेष्ठ पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गरे । श्रेष्ठले ३३३ मत प्राप्त गर्दा पोखरेलले २३८ र अर्का उम्मेदवार भरत दुलालले ३८ मत पाए । अध्यक्ष निर्वाचित श्रेष्ठ यसअघि पनि निर्वाचनको माध्यमबाटै अध्यक्ष चुनिएका थिए ।
यस्तै, उपाध्यक्षमा पूर्वपत्रकार समेत रहेका राजेन्द्र मानन्धर पुन: निर्वाचित भएका छन् । उनले हिरा थोकरलाई ७३ मतले पराजित गरे । प्राप्त मतपरिणाम अनुसार मानन्धरले ३३६ मत पाउँदा थोकरले २६३ मत पाए । उपाध्यक्ष मानन्धर पनि यसअघि उपाध्यक्ष नै थिए ।
यसैगरी, सचिवमा ३०४ मतका साथ स्वयमबहादुर खड्का निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी कृष्ण कुमार बस्नेतलाई २० मतान्तरले पराजित गरे । बस्नेतले २८४ मत पाएका छन् ।
खुला उपसचिवमा स्थानीय युवा व्यवसायी समेत रहेका हरि ओली १६१ मतका साथ निर्वाचित भएका छन् । उनका अन्य प्रतिस्पर्धीहरू ईश्वर न्यौपानेले ११४, टपिन्द्र खड्काले ७२, विदुर शर्मा न्यौपानेले १४५ र धनबहादुर तामाङले ६४ मत प्राप्त गरेका छन् ।
यसैगरी, महिला उपसचिवमा २७७ मतका साथ कमला बस्नेत निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धीहरू गोमा केसीले ७१, मेनुका सुवेदीले १९५ र सीता केसीले ३४ मत पाए ।
जिल्ला कमिटीको १०औं अधिवेशन नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोमबार चरिकोटमा उद्घाटन गरेका थिए । नयाँ नेतृत्व चयनका लागि हिजो निर्वाचन भएको थियो भने आज बिहान ८ बजेदेखि मतगणना जारी छ । पदाधिकारीबाहेक अन्य पदहरूको पनि मतगणना भइरहेको निर्वाचन कमिटी दोलखाले जनाएको छ ।
यस्तो छ, हालसम्मको मतपरिणाम–
FACEBOOK COMMENTS