काठमाडौं । नेकपा (एमाले)को चुनावी कमान्डर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तोकिएका छन् ।
आज बसेको सचिवालय बैठकले बादललाई चुनाव परिचालक कमिटीको संयोजक बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
भट्टका अनुसार उक्त समितिमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मतकुमार कार्की, विष्णु रिमाल, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन् ।
FACEBOOK COMMENTS