काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका निम्ति बेलुका ७ बजेदेखि मतदान गरिने भएको छ ।
पार्टीको निर्वाचन आयोगले बेलुका ७ देखि राति १ बजेसम्मको मतदान तालिका सार्वजनिक गरेको छ । आयोगले यसअघि आजै दिउँसो २ बजेदेखि मतदान थाल्ने तयारी गरेको थियो । तर, आन्तरिक तयारीका कारण मतदानको समय पछि सारिएको हो ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । प्राविधिक टोलीले तयार पारेको क्रमसंख्यासहितको नामावली तलमाथि परेपछि पुन: मिलाउँदा समय लागेको एमाले निर्वाचन आयोगले जनाएको छ ।
महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।


FACEBOOK COMMENTS