पाेखरा मंसिर ४, नेकपा एमालेको १० औं महाधिवेशन नजिकिँदै गर्दा एमालेका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा तथा आकांक्षी देखिन थालेका छन् । अध्यक्ष, उपाध्यक्ष लगाएत अन्य पदाधिकारीभन्दा सचिव पदमा आकांक्षी धरै देखिएका छन् ।
सचिव पदका लागि धेरै नेताको नाम चर्चा चलिरहेकै बेला कास्कीका खगराज अधिकारीको पनि सचिवमा उम्मेदवारी रहने चर्चा चलिरहेको छ । अधिकारी लामो समयदेखि एमाले पार्टीको सिद्धान्तमा रहँदै केपी ओलीलाई सहयोग गर्दै आएका व्यक्ति रहेका र राजनीतिमा निष्ठापुर्वक लागेका व्यक्ति भएका राजनीतिज्ञले बताउँदै आएका छन् । यसअघि अधिकारीले एमालेको बिभिन्न पदमा रहि सफल कार्यकाल विताइसकेका छन् ।
त्यसैगरि सचिवको दावेदारीमा योगेश भट्टराई, गोकर्ण विष्ट र भिम आचार्यको चर्चा चलिरहेको छ । गण्डकीका किरण गुरुङको पनि चर्चा सचिवमै चलिरहेको छ । त्यस्तै माओवादीबाट आएका टोपबहादुर रायमाझी र लेखराज भट्टको पनि सचिव पदका लागि चर्चा चलेको छ ।
त्यस्तै शेरबहादुर तामाङ, हिक्मत कार्की, यामलाल कँडेल, कर्ण थापा, प्रभु शाह, रघुवीर महासेठ, भानुभक्त ढकाल, अरुण नेपाल, आनन्द पोखरेल, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, शेरधन राई, गुरु बराल, खिमलाल भट्टराई, राधा ज्ञवाली, पद्मा अर्याल, गोकुल बास्कोटा, विष्णु रिमाल, विन्दा पाण्डे, राजेन्द्र गौतमलगायतले सचिवमा उम्मेदवारी दिने आँकलन गरिएको छ । उनीहरुबाहेक सचिवमा आकांक्षा राख्नेहरु अझै धेरै रहेका श्रोतले जनाएको छ ।
यहि मंसिर १० गतेदेखि चितवनमा शुरु हुने एमालेको महाधिवेशनमा ७ सचिवका लागि दुई दर्जन बढी आकांक्षी रहेको देखिन्छ । सर्वसम्मत गराउने पार्टीको नीति रहेपनि सचिव पदका लागि मतदान नै हुने सम्भावना बढेको धेरैले अनुमान लगाउन थालेका छन् ।
FACEBOOK COMMENTS