काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचनको लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।
आज दिउँसो निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्न लागेको एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ ।
सोमबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भइसकेका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा उठाइराखेको एमालेले आज दल दर्ता गर्न लागेको हो ।
FACEBOOK COMMENTS