काठमाडौं, १९ भदौ । नेकपा (एमाले) जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा (एकीकृत समाजवादी) मा लागेका छन् । शनिबार पत्रकार सम्मेलन गरी उनीहरूले एकीकृत समाजवादीमा लागेको घोषणा गरेका हुन् ।
एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहितका अन्य जिल्ला सदस्यहरूले एकीकृत समाजवादीमा गएको बताएका छन् ।पत्रकार सम्मेलनमा कर्णाली प्रदेशसभा सांसद पदमबहादुर रोकायाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरु एकीकृत समाजवादीमा लाग्न बाध्य भएको बताए ।
एमाले जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा सहभागीले आफूहरु एमाले छाडेर एकीकृत समाजवादीमा लागेको घोषणा गरिएको छ ।‘अध्यक्ष तीर्थबहादुर बुढा उपचारको क्रममा काठमाडौं हुनुहुन्छ, एकीकृत समाजवादीमा उहाँको पूर्ण समर्थन रहेको छ,’ पत्रकार सम्मेलनमा उपाध्यक्ष रोकायाले भने ।
FACEBOOK COMMENTS