काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले झापा– ५ र ३ मा एमालेसँग चुनावी तालमेल नभएको स्पष्ट गरेका छन् ।
लिङदेनले झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको भनेर सुनियोजित रुपमा भ्रम सिर्जना गर्ने कोसिस भइरहेको भन्दै उनले यसलाई साइबर कानुनको उलंघन भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्– ’एउटा सानो झुण्ड झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको छ भनेर सुनियोजित रुपमा प्रचारमा उत्रेर भ्रम सिर्जना गर्ने कोसिस गरिरहेको छ । म शालिनतापूर्वक आग्रह गर्छु यो पनि निर्वाचन आचार संहिता र साइबर कानुनको उल्लंघन हो ।’
अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा यस प्रकारका भ्रमपूर्ण सन्देश लेख्ने र कमेन्ट गर्ने सबैलाई निर्वाचन आयोग र प्रहरीमा उजुरी गर्ने तयारी गरिरहेको समेत बताएका छन् ।
उनले यसपटक राप्रपाले देशैभर कुनै दलसँग चुनावी गठबन्धन नगरिकन जनतासँग गठबन्धन गर्दै निर्वाचनमा होमिएको समेत स्पष्ट गरेका छन् ।

FACEBOOK COMMENTS