काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् ।
एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महाचिव पोखरेलले जेनजीको प्रदर्शनपछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफुहरु राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए ।
महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र भइरहेको दाबि गर्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले सामाजिक अराजकताको अन्त्य गर्दै एमालेले निर्णायक शक्तिको रुपमा भूमिका खेल्ने बताए ।
महासचिव पोखरेलले पार्टीले युवाहरुलाई अगाडी बढाउने बताउदै भने– ’यो महाधिवेशनमा हामिले नवयुवाहरुलाई नेपालको राजनीतिको आधार स्तम्भको रुपमा अगाडी बढाउने प्रयास गरिसकेका छौं र बन्दसत्रबाट यसलाई सुनिस्चित गर्दैछौं ।’
FACEBOOK COMMENTS