काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति रहेको बताएका छन् ।
शुक्रबार सचिवालय बैठकमा १०८ प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर टुंगो लगाउने सहमति गरिएको थियो ।
शनिबार बिहान ओली र पोखरेल बसेर प्रतिनिधि टुंगो लगाउने भनिएको थियो । तर, उक्त सहमतिविपरीत एकलौटी ढंगले सूची प्रकाशन गरिएको पोखरेलले बताए ।
शनिबार प्रकाशित सूची शुक्रबार ओलीले प्रस्तुत गरेको नाम भएको पोखरेल समूहको भनाइ छ ।
पोखरेलले शुक्रबार आफ्नो समूहका तर्फबाट अलग सूची प्रस्तुत गरेका थिए । ती दुवै नाममा सहमति खोज्ने निर्णय गरिएको थियो । तर, शनिबार प्रकाशित प्रतिनिधिका नाम ओलीले टेबल गरेको सूची मात्र भएको पोखरेल समूहले जनाएको छ ।
FACEBOOK COMMENTS