विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीले वर्तमान सरकारका कदमलाई असंवैधानिक र प्रतिगमनकारी भन्दै सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । मंगलबार (पुस ८) विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश कमिटीले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा जानुको विकल्प नभएको बताए । उनले भने, “असंवैधानिक सरकारले गरेका निर्णय र कार्य हामीलाई मान्य छैनन् ।”
प्रदेश अध्यक्ष खतिवडाद्वारा जारी विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोध साध्ने उद्देश्य राखेको आरोप लगाइएको छ । त्यसविरुद्ध कोसीका सबै १४ जिल्लामा चरणबद्ध प्रदर्शन गरिने जनाइएको छ ।
लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक समुदाय, मानव अधिकारकर्मी, नागरिक समाज, उद्योगी–व्यवसायी तथा युवा, विद्यार्थीलाई ऐक्यबद्धता जनाउन र आन्दोलनमा सहभागी हुन कमिटीले अपिल पनि गरेको छ ।

FACEBOOK COMMENTS