पाल्पा । नेकपा एमाले पोलिटब्युरो सदस्य दल बहादुर रानाले सक्रिय राजनीतिकबाट बिदा लिएको घोषणा गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रानाले एमालेको राजनीतिक जीवनबाट बिदा लिएको घोषणा गरेका हुन् ।
दुईपटक प्रतिनिधीसभा सदस्य र एकपटक संबिधानसभा सदस्य गरी तिनै पटक प्रत्यक्ष निर्बाचनबाट निर्बाचित भएका रानाले भूमिसुधार तथा ब्यबस्थामन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।
रानाले मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अबस्था नभएकोले मङ्सिर २७–२९ सम्म काठमाडौँमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिबेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट बिश्राम लिने निर्णय गरेको बताएका छन् ।
राना २०३५–२०३६ सालदेखि कम्युनिष्ट पार्टीको शुभचिन्तक, समर्थक हुँदै तत्कालिन नेकपा मालेको सम्पर्कमा आएपछि युथ कम्युनिष्ट लिगमा संगठित भएर औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा आबद्ध भएका थिए ।
उनले भूमिगत कालमा दुई गुल्मी जिल्ला कमिटी प्रमुख, दुईपटक पाल्पा जिल्ला कमिटी सचिव, तत्कालिन लुम्बिनी अञ्चल समन्वय कमिटीको सदस्य तथा सह–ईन्चार्ज हुँदै बुटवलमा भएको नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिबेशन देखि केन्द्रिय कमिटीको सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह–ईन्चार्ज र नवौं राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सदस्य तथा पोलिटब्युरो सदस्य हुँदै एघारौँ राष्ट्रिय महाधिबेशनामा आईपुग्दा हाल पोलिटब्युरो सदस्य तथा भूमिब्यबस्था विभाग ईञ्चार्जको रुपमा जिम्मेवारी बहन गरिरहेको थिए ।
FACEBOOK COMMENTS