काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सरेको छ ।
पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजे काठमाडौं बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेगरी बैठक बोलाइएको थियो । सो बैठक २ बजे बस्ने भएको एमालेका सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।
एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित नेतृत्वको शपथग्रहण बिहीबार सम्पन्न भइसकेको छ ।
आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
FACEBOOK COMMENTS