ओखलढुंगा । नेकपा एमाले ओखलढुंगा जिल्ला संयोजकको जिम्मेवारी हर्कबोल राईलाई दिइएको छ ।
विहिबार बसेको जिल्ला कमिटीको बैठकले राईलाई संयोजकको जिम्मेवारी दिएको हो । राई पूर्व संविधानसभा सदस्यसमेत हुन् ।
उम्मेदवार छनौटको विषयमा असन्तुष्टि जनाउदै जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने,सचिव अशोक थापा,उपसचिव राजीव कटुवालसहितका नेताहरु नेकपामा समाहित भएपछि एमाले ओखलढुंगा नेतृत्व विहिन बनेको थियो । उनीहरुले अस्मिता थापालाई उम्मेदवार बनाएको भन्दै पार्टीमा विद्रोह गरेका थिए ।
त्यस्तै बैठकले ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारको नेतृत्वमा ११५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
साथै बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सूर्य ध्वजावाहक युवा उम्मेदवार अस्मिता थापालाई विजयी गराउने अभियानलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

FACEBOOK COMMENTS