काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएको छ ।
पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि चुनाव हुने भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
दलको नेताका लागि रामबहादुर थापा बादल र सुहाङ नेम्वाङ प्रतिस्पर्धा छ । संसदीय दलको नेतामा थापा बादल र नेम्वाङले दाबी गरेपछि चुनाव हुने भएको छ ।
चुनावका हुने भएपछि थापाले उम्मेदवारी दिइसकेका बुझिएको छ । नेम्वाङले पनि उम्मेदवारी दर्ताका लागि पत्र लगिसकेको नेताहरूले बताएका छन् ।
FACEBOOK COMMENTS