काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताका लागि फारम वितरण भइरहेको छ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन्।
एमाले महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन १५ हजार रुपैयाँ शुल्क लाग्छ। पदाधिकारीमा उम्मेदवारी दिन १० हजार रुपैयाँ लाग्छ भने आयोगका अध्यक्ष उम्मेदवारी दिँदा पनि १० हजार शुल्क तिर्नुपर्छ।
आयोगका पदाधिकारी र सदस्यलाई भने ५ हजार शुल्क तोकिएको छ। एमाले महाधिवेशन भृकुटीमण्डपमा जारी छ।




FACEBOOK COMMENTS