काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।
सोमबार गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो ।
पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् ।
उनलाई निमोनियाको लक्षण पनि देखिएको छ ।
स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
FACEBOOK COMMENTS