काठमाडौं, २५ भदौ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही अघि बढाएपछि बजेटसम्बन्धी तीन वटा अध्यादेश पेस भएका छन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेका अध्यादेश अस्वीकृत गरियोस् पर्ने सबै सूचनालाई अस्वीकृत गर्दै केपी ओली सरकारले ल्याएका बजेटसम्बधन्धी अध्यादेश प्रतिनिधिसभाको बैठकमा पेस भएका हुन् ।
अर्थमन्त्री जर्नादन शर्माले आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्योदश र विनियोज सम्बन्धी अध्योदश बैठकमा पेस गरे । एमाले सांसदहरूको अवरोध छलेर शर्मा दौडदै रोष्टम पुगेका थिए ।
FACEBOOK COMMENTS